पछिल्ला दुई वर्ष घरजग्गा कारोबार सुस्ताए पनि अहिले यसमा सुधारको संकेत देखिँदैछ। बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभर मंसिरमा ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ। यो सबभन्दा पछिल्ल तथ्यांक हो।
मंसिरमा कात्तिकको तुलनामा कारोबार ६० प्रतिशतले बढेको छ। कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो।
देशभरका जिल्लामध्ये सबभन्दा धेरै कारोबार हुने पाँच प्रमुख जिल्ला मोरङ, झापा, दाङ, सुनसरी र सर्लाही हुन्।



