उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्य वस्तुको तथ्यांक संकलन गर्न लागेको छ।
अत्यावश्यक खाद्य वस्तुको उत्पादन र आवश्यक परिमाण थाहा पाउन तथ्यांक संकलन गर्न लागिएको हो।
पहिलो चरणमा धान/चामल, गहुँ, मकै, चिनी, तेल, नुन, दाल (सबै प्रकारका), माछा, मासु र दूध गरी १० वस्तुको उत्पादनको तथ्यांक संकलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए।
'हामी अहिले पहिलो चरणमा छौं। सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ,' उनले भने, '६ महिनाभित्रमा प्रतिवेदन तयार गर्ने योजना छ।'



