काठमाडौं : सोमबार र मंगलबार सेयर बजार बन्द हुने भएको छ । सोमबार (पुस ९ गते) क्रिसमस डे तथा मंगलबार (पुस १० गते) योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।
तसर्थ, २ दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बुधबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि बुधबार नै नियमितरुपमा खुला हुनेछ ।



