काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो ।
तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।



