सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना


  • Himalayan Bank Limited (HBL)
सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना

चितवन : सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन्। यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड आम्दानी लिने भएका हुन्। 

गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ। शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ। यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ। त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको उनले बताए। 

Read More