सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च वापत झन्डै १० लाख रुपैयाँ आर्थिक सहायता निकासा गरेको छ । अर्थ मन्त्रालयले राष्ट्रपतिको उपचारको लागि ९ लाख ९५ हजार ९ सय ३५ रुपैयाँ आर्थिक निकासा गरेको हो ।
मन्त्रालयले राष्ट्रपतिको स्वास्थ्य उपचार खर्च वापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको जनाएको छ। अर्थ मन्त्रालयको २०८० साउन देखि मङ्सिर महिनासम्म दिईएको आर्थिक सहायताको विवरणमा राष्ट्रपतिको लागि गरिएको रकमको निकासाबारे उल्लेख छ।


