बैंकर्स संघको कार्यसमितिमा ५ नयाँ सदस्य चयन


  • Himalayan Bank Limited (HBL)
बैंकर्स संघको कार्यसमितिमा ५ नयाँ सदस्य चयन

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघमा ५ जना नयाँ सदस्य चयन भएका छन् । संघको शनिवार सम्पन्न साधारणसभाले ५ नयाँ सदस्य चयन गरेको हो ।

संघको साधारणसभाले संघको सदस्यमा  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाइ चयन गरेको हो।

Read More