लाभांश नदिने कम्पनीको सूची लम्बिँदै


  • Himalayan Bank Limited (HBL)
लाभांश नदिने कम्पनीको सूची लम्बिँदै

काठमाडौं : लाभांश प्रस्ताव नगर्ने सूचीकृत कम्पनीको सूची थप लामो बनेको छ। गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश वितरण गर्ने मनसाय बनाउनेको सूचीमा अरू कम्पनी थपिएका हुन्।

गत बुधबार अपराह्नपछि सञ्चालक समिति बैठक बसेर लाभांश प्रस्ताव गर्ने कम्पनीमध्ये नेपाल बैंक, अरुण काबेली पावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र पोखरा फाइनान्सले लाभांश प्रस्ताव गरेनन्। यसअघि मंगलबार अपराह्न र बुधबार बिहान सञ्चाल समिति बैठक बसेका ज्योति विकास बैंक, सीवाईसी लघुवित्त, हिमालयन बैंक, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीले पनि लाभांश प्रस्ताव गरेका थिएनन्।

Read More