बुटवल धागो कारखानाबाट एक करोड रुपैयाँभन्दा बढीका सामान चोरी भएको डेढ वर्ष बितिसक्दा पनि चोरी गर्ने व्यक्ति र त्यहाँका सामानबारे पत्ता लाग्न सकेको छैन।
धागो कारखानाबाट महत्त्वपूर्ण उपकरणहरू, विद्युतीय फिडर वायर चोरी भएपछि २०७८ चैतमा प्रहरीमा उजुरी परेको थियो।
विद्युत सब-स्टेसनबाट कारखानाको मेसिनसम्म जडान गर्न टनेलभित्र बिच्छ्याइएका तामाका मोटा तार काटेर चोरी भएको पाइएपछि कारखानाका सम्बन्धित व्यक्तिहरूले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।



