अदुवाको बजार खोज्दै कृषक


  • Himalayan Bank Limited (HBL)
अदुवाको बजार खोज्दै कृषक

कमलबजार (अछाम), पुस ८ गते । अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् । 

चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् । 

चार वटै पालिकामा कृषक समूह बनाएर अदुवा खेती भइरहेको छ । पञ्चदेवल विनायक नगरपालिका–१ की अदुवा उत्पादक कृषक नामसरा देवकोटाले आफ्नो समूहका २२ जना महिलाले अदुवा उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार समूहका कृषकले साढे तीन मेट्रिक टन बराबरको अदुवा उत्पादन गरेका छन् । चार वटै पालिकामा ५४ वटा कृषक समूहले अदुवा उत्पादन गरेका हुन । 

Read More