कार्बन उत्सर्जन उच्च, प्रतिबद्धता न्यून


  • Himalayan Bank Limited (HBL)
कार्बन उत्सर्जन उच्च, प्रतिबद्धता न्यून

दुबई : ‘बिगिनिङ अफ दी इन्ड’ अर्थात् अन्त्यको सुरुवात। जलवायु परिवर्तनसम्बन्धी २८औं  अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ यही ‘अन्त्य’ सुरुवातको घोषणा गर्दै सम्पन्न भएको छ। कार्बन उत्सर्जनको प्रमुख कारकको रूपमा रहेको पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै सन् २०५० सम्म पूर्णरूपमा अन्त्य गर्ने उद्घोषको सुरुवात कोप–२८ ले गरेको छ। 

‘हामीले दुबईमा पेट्रोलियम इन्धनको युगमा पृष्ठ पल्टाउन सकेनौं, तर यो नतिजा अन्त्यको सुरुवात हो,’ संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भनेका छन्, ‘अब सबै सरकार र व्यवसायहरूले ढिलाइ नगरी यी वाचाहरूलाई वास्तविक–अर्थव्यवस्था परिणामहरूमा परिणत गर्न आवश्यक छ।’

Read More