काठमाडौं : भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा पुस २७ गते भर्चुअल माध्यमबाट ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।



