अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक बनेका छन् : प्रधानमन्त्री प्रचण्ड


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक बनेका छन्  : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । तर अर्थतन्त्र दबाबमुक्त भने नभएको उनले बताए । विराटनगरमा शुक्रबारदेखि आयोजित मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महँगी कम रहेको, निर्माण व्यवसायीको भुक्तानी गर्ने प्रक्रिया अगाडि बढेको र नयाँ आयोजना अगाडि बढ्दै गएको बताए । बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको पनि उनले बताए । तर, रेमिट्यान्सको भरमा मुलुक चल्नु राम्रो नभएपनि वर्तमान अवस्थामा अति महत्त्वपूर्ण रहेको उनले बताए । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाइएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए। पर्यटन क्षेत्रमा पनि सुधार आएको उनले बताए ।

Read More