नेपाल स्टक एक्सचेन्ज नेप्सेले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेको आज बसेको संचालक समितिको बैठकले ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
आजको बैठकले नेप्सेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्दै लाभांश प्रस्ताव गरेर साधारणसभा गर्ने मिति तय गरेको हो। नेप्सेले पुस २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।


