ग्रामीण भेगमा सेवा दिने गरी सञ्चालनमा आएका लघुवित्त अझै पनि एक सय गाउँपालिकामा नपुगेको पाइएको छ । शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले अझै पनि सय पालिमा लघुवित्त जान नसकेको बताए ।
डेपुटी गभर्नर मिश्रले लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा नपुगेका ठाउँमा शाखा खोल्न निर्देशन समेत दिए । उनले लघुवित्तको शाखा सञ्जाल धेरै विस्तार भइरहेको र ग्रामीण स्तरसम्म सेवा प्रवाह गरेकोमा प्रशंसा गर्दै अझै सेवा पुग्न नसकेको क्षेत्रमा सेवा विस्तारका लागि ध्यानाकर्षण गराए । लघुवित्त संस्थाहरु पनि शहर केन्द्रित भएको उनको भनाई छ ।


