प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता, विदेशी लगानी ल्याउन स्वीकृति लिनेको संख्या तथा भित्रिएको विदेशी लगानीमा उल्लेखनीय सुधार देखिएको छ।
उद्योग विभागले गरेको विदेशी लगानी प्रतिबद्धता र दिइएको स्वीकृत तथा लगानी आप्रवाहको तथ्यांकले विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिएको हो।
उद्योग विभागले २०८० साउन महिनादेखि मंसिर महिनासम्म २० अर्ब ६१ करोड रूपैयाँ लगानीको लागि स्वीकृति दिएको छ।
विभागको तथ्यांक अनुसार २०७९ को साउनदेखि मंसिरसम्म १२ अर्ब ४० करोड रूपैयाँ यस्तो लगानीको स्वीकृति दिइएको थियो। गत वर्षको तुलनामा लगानी प्रतिबद्धतामा ६६ प्रतिशतको सुधार देखिएको छ।



