विराटनगर । केही दिन अगाडि विराटनगरका उद्योगी राजेन्द्र राउतले २५० करोडको लगानी अनुमान गर्दै अस्पताल भवनको शिलान्यास गरे । उनले भविष्यमा तीन सय शय्याको अस्पताल र नर्सिङ कलेज चलाउने लक्ष्य राखेका छन् ।
विराटनगरको सिमाना नजिकै मोरङको बुढीगंगा–१ मा उक्त अस्पताल निर्माण सुरु गरिएको हो । बुढीगंगाको टंकीसिनुवारीमै अहिले विराट टिचिङ अस्पताल सञ्चालित छ । त्यहाँ पनि ठुलो लगानी छ ।
यस्तै विराटनगर–५ मा नोबेल मेडिकल कलेज सञ्चालित छ । उक्त मेडिकल कलेजमा पनि ठुलो परिमाणमा लगानी भइरहेको छ भने सयौँ मानिसले रोजगारी पाइरहेका छन् ।



