काठमाडौं : सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाबाट हालसम्म २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ ब्याज अनुदान निकासा गरिसकेको छ। सरकारले तोकेअनुसारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा दुई प्रतिशत थप गरेर मात्रै यस्तो कर्जा उपलब्ध गर्दै आएका छन्।



