काठमाडौँ — पचासको दशकदेखि नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन थालेको हो । तर सुरुदेखि नै नेपालमा प्रतिबद्धताअनुसार विदेशी लगानी आउने गरेको छैन । चालु आर्थिक वर्षको पाँच महिनाकै उदाहरण लिने हो भने पनि, १९९ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ ।
तर चालु आर्थिक वर्षको ४ महिनामा खुद भित्रिएको प्रत्यक्ष विदेशी लगानी भने ३ अर्ब ६४ करोड १० लाख रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसले नेपालमा विदेशी लगानी प्रतिबद्धता र भित्रिने रकममा ठूलो अन्तर रहेको देखाउँछ ।


