सिंगापुर : सिंगापुरको एक अदालतले आर्थिकरुपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फन्ड थ्री एरोज क्यापिटलका संस्थापकहरुको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ । थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरुपमा संकटग्रस्थ बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरु घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिकरुपमा धराशायी बनेको थियो ।
बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सहसंस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ । आदेशमा भनिएको छ, “उनीहरुले आफ्नो सम्पत्ति (स्थानान्त



