काठमाडौँ । राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको छ । बजेट क्यालेन्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको छ ।
आयोगद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सदस्य डा. रामकुमार फुयाँलले उक्त जानकारी दिएका हुन् । बजेट तर्जुमालाई परिमार्जन गर्ने उद्देश्य अनुरूप आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोको टिम बसेर एउटा प्रतिवेदन तयार गरेको छ । त्यसले ठोस दुई वटा बुँदा संशोधन गरेको छ ।



