अर्जेन्टिनालाई उदारवादी अर्थतन्त्र बनाउन राष्ट्रपति मिलेईले अघि सारे सुधारका कार्यक्रम, सबै सरकारी कम्पनीलाई निजीकरण गरिने


  • Himalayan Bank Limited (HBL)
अर्जेन्टिनालाई उदारवादी अर्थतन्त्र बनाउन राष्ट्रपति मिलेईले अघि सारे सुधारका कार्यक्रम, सबै सरकारी कम्पनीलाई निजीकरण गरिने

काठमाडौं : अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले देशको अर्थतन्त्रमा राज्यको नियन्त्रण घटाउन व्यापक सुधारका कार्यक्रमहरु घोषणा गरेका छन् । समाजवादका घोर विरोधी र चरम दक्षिणपन्थी मिलेईले अर्थतन्त्रलाई उदारवादी बनाउनका लागि सरकारी कम्पनीहरुलाई निजीकरण गर्ने, निर्यातलाई सहज बनाउने र मूल्य नियन्त्रण अन्त्य गर्ने कदमहरु समावेश गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

उदारवादी नेता मिलेईले बुधबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै आफ्नो योजनाको ३० वटा प्रारम्भिक प्रस्थानविन्दुहरु सूचीबद्ध गरेका छन् । यी प्रस्थान विन्दुहरु ३०० भन्दा बढी सुधारका उपायहरु समावेश गरिएको वृहत प्याकेजको हिस्सा भएको पनि उनले बताएका छन् । 

Read More