ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राई अझै फरार, सहकारीको १ अर्ब ३५ करोड अपचलन


  • Himalayan Bank Limited (HBL)
ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राई अझै फरार, सहकारीको १ अर्ब ३५ करोड अपचलन

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था’ मा बचत गरेको ३० लाख रुपैयाँ फिर्ता पाउन पोखराका किरण श्रेष्ठ संघर्षरत छन्।

आफूजस्तै पीडितहरूलाई साथमा लिएर उनी कहिले काठमाडौं त कहिले पोखरामा आन्दोलन गर्छन्। पीडित व्यक्तिहरू आ-आफ्ना रोदनसहित सडकमा उत्रिए पनि जस्ताको तस्तै छ। सहकारीका सञ्चालकहरू बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेर बेपत्ता छन्।

बचतमा आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारी संस्थामा पैसा जम्मा गर्न लगाएर अपचल गरेका धेरै जसो सञ्चालकहरू पोखराका होइनन्।

Read More