काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूको नाफा पुँजी लागतको तुलनामा न्यून हुँदै गएको छ। जोखिबापत छुट्ट्याएको प्रोभिजन अर्थात् कर्जा नोक्सानीको रकमको आकार भने बढ्दै जाँदा अन्ततः कम्पनीको लाभांश क्षमतामा प्रहार गरेको छ।
अधिकांश बैंकहरूले प्रदान गर्ने बोनस तथा लाभांश घट्दो छ। यो तथ्य पछिल्लो समय भटाभट वार्षिक साधारणसभा (एजीएम) घोषणा गरिरहेका बैंक तथा वित्तीय संस्थाको स्थितिलाई हेरेर पनि आकलन गर्न सकिन्छ। अझ ती एजीएम अघिल्लो आर्थिक वर्षको मुनाफाको थियो।



