बजारमा पैसा फालाफाल : लगानीको वातावरण नबन्दा आर्थिक वृद्धिदर खुम्चने चिन्ता


  • Himalayan Bank Limited (HBL)
बजारमा पैसा फालाफाल : लगानीको वातावरण नबन्दा आर्थिक वृद्धिदर खुम्चने चिन्ता

काठमाडौँ । उपभोग्य बजारको शिथिलतासँगै बजारमा कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार यतिखेर बैंक तथा वित्तीय संस्थाहरूमा ६० खर्ब १६ अर्ब रुपैयाँ बढी निक्षेप जम्मा भएको छ । 

यता बजारमा कर्जा लगानी भने जम्मा ४९ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको मात्र भएको केन्द्रीय बैंकले जनाएको छ । ९० प्रतिशतको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) तोकिएकोमा हालसम्म जम्मा ७९.८९ प्रतिशत कायम भएको छ । यसले बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्न सकिने पैसा पर्याप्त रहेको सहजै बुझ्न सकिन्छ । 

Read More