काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बजार पुँजीकरण १९ महिना यताकै उच्च रहेको छ । नेप्सेका अनुसार २०७८ चैतमा २८ गते बजार पुँजीकरण ३३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । त्यसयताको अवधि हेर्दा आजकै पुँजीकरण धेरै हो । आज बुधबार (पुस ४ गते) पुँजीकरण ३३ खर्ब १६ अर्ब ४९ करोड रहेको छ । यो १९ महिना यताकै धेरै हो ।
यता, आजको कारोबार रकम ७ अर्ब ९ करोड ५७ लाख रहेको छ । टर्नओभर पनि सन् २०२३ जनावरी यताकै धेरै हो । सेयर बजार बढेसँगै लगानीकर्ताको सम्पति पनि बढेको हो । बजार गत मंसिर २० गतेदेखि बढ्न सुरु गरेको हो । यसअवधिसम्म नेप्से सूचक १७ प्रतिशतले बढेको छ ।



