नेपाल वेयरहाउजिङ्ग कम्पनी र चिरख्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा


  • Himalayan Bank Limited (HBL)
नेपाल वेयरहाउजिङ्ग कम्पनी र चिरख्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता र नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९३ दशमलव ०४ देखि २७९ दशमलव १२ को मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५ लाख कित्ता गरेर कुल ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

Read More