वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट


  • Himalayan Bank Limited (HBL)
वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट

४ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ ।

अर्थ मन्त्रालयका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक सहायता ४० अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६०.८ प्रतिशत कम हो । सो आवमा १ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । अर्थ मन्त्रालयले यस आवमा औचित्यका आधारमा मात्र वैदेशिक सहायता परिचालान गर्ने नीति लिएको बताउँदै आएको छ ।

Read More