कारोबार ७ अर्ब नाघ्यो, यसकारण बढ्यो सेयर लगानीकर्ताको मनोबल


  • Himalayan Bank Limited (HBL)
कारोबार ७ अर्ब नाघ्यो, यसकारण बढ्यो सेयर लगानीकर्ताको मनोबल

काठमाडौं : सेयर कारोबार ७ अर्ब नाघेको छ । कारोबार करिब १ वर्षयताकै उच्च हो । बुधबार नेप्से सूचक ३५.३९ विन्दले बढेर २१४१.८७ अंकमा आइपुगेको छ । सूचकसँगै कारोबारमा रौनकता देखिएको हो । समग्रमा हेर्दा बढ्दोक्रममा रहेको नेप्से सूचकलाई कारोबार रकमले पनि साथ दिंदै गएको देखिन्छ । १५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ । 

उत्पादनमूलक र लगानी समूहमा विशेष तेजी आएको छ । २ वटा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि देखिएको छ । बजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । कतिपय कम्पनीले लगानीकर्तालाई राम्रो मुनाफा दिइसकेको देखिन्छ । बजार बढेको चर्चा चल्न थालेपछि नयाँ लगानीकर्ताको पनि उत्सुकता वृद्धि भएको ब्रोकरहरु बताउँछन् । 

Read More