गत मंसिर २१ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दुई जना भारतीय नागरिकको भूमिका मुख्य रहेको खुलेको छ।
विमानस्थलको भन्सार कार्यालयको टोलीले दुबईबाट सुन भित्रिँदैछ भन्ने सूचना पाएपछि फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो।
उनले कपडाको ज्याकेट बनाएर त्यसमा १४ किलो सुन लुकाएर ल्याएका थिए। उक्त सुन बरामद भएपछि कार्यालयले यस घटनाको अनुसन्धान गर्न छानबिन समिति समेत बनाएको थियो।
अहिले उक्त समितिले अनुसन्धान गरिरहेको छ।


-1702017839.jpg?timestamp=1702017844014)
