काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आगामी पुस २० गते सकिँदैछ। निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएपछि उनको बाँकी कार्यकालका लागि हमाल २०७८ फागुन ५ गते नियुक्त भएका थिए। २१ महिना अवधि बोर्डको नेतृत्व सम्हालेका हमाल बिदा हुन लागेसँगै अध्यक्ष बन्न आकांक्षा राख्नेहरू सक्रिय हुन थालेका छन्।
यसो त चार वर्ष कार्यकाल पूरा गरेका अध्यक्षलाई अर्को कार्यकालका लागि पुनः नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ। यसर्थ हमाल र सरकारले दोहोरिन र दोहोर्याउन नचाहेको स्थितिमा दोस्रो व्यक्ति यस पदका लागि प्रतिस्पर्धा गर्नेछन्।



