हालसम्म १० वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ वटाले बोनस सेयर मात्रै र एउटा कम्पनीले नगद र बोनस सेयर दुवै दिने भएको छ । धेरै हाइड्रोपावर कम्पनीले भने यस पटक लाभांश नदिने भएका छन् । आयाोजना निर्माणकै क्रममा रहेका कम्पनीहरूले पनि लाभांश दिने छैनन् ।



