श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम


  • Himalayan Bank Limited (HBL)
श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

काठमाडौँ, पुस ४ गते  । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन । 

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा २७७ प्रतिशत र आव २०७९/८० मा ३०० प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको तर त्यो अनुपातमा नेपालमा विप्रेषण भित्रिन नसकेको सो प्रतिवेदनमा उल्लेख छ । 

Read More