काठमाडौं : भारतीय लगानीकर्ताहरु लामो समयदेखि देशको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज नेसनल स्टक एक्सचेन्ज (एनएसई) को आइपीओको प्रतिक्षामा रहेका छन् । एनएसईले सन् २०२० मै आइपीओ जारी गर्ने घोषणा गर्दै सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ सँग छलफल पनि सुरु गरेको थियो ।
एनएसईले विभिन्न नियामकीय तथा कानुनी मामिला र अनुसन्धान विचाराधीन रहेका कारण स्वीकृति पाएको छैन । साथै, आइपीओका लागि आवेदन दिनुअघि एनएसईलाई विभिन्न सर्तहरु पूरा गर्न सेबीले निर्देशन दिएको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।






