काठमाडौं : सेयर बजार बढ्नेक्रम जारी छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले वृद्धि भएर २१०६.४८ विन्दुमा पुगेको छ। यो वृद्धिदर २.२३ प्रतिशत हो।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से २८ अंक र दोस्रो दिन सोमबार ३८.१४ अंकले बढेको थियो।
सेन्सेटिभ इण्डेक्स ७.०५ अंकले बढेर ३९७.६९ विन्दुमा कायम भएको छ।






