काठमाडौं । वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते हुने १२ औं वार्षिक साधारण सभामा लैजाने तयारी गरेको हो ।
सभा काठमाडौंको सुकेधारास्थित नवदूर्गा पार्टी भेन्यूमा उक्त दिन अपराह्न १ बजेदेखि शुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि छलफल हुने छ ।
त्यस्तै साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ ।




.jpg)

