हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने, २० कित्ता पाउने चान्स ५० प्रतिशत मात्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने, २० कित्ता पाउने चान्स ५० प्रतिशत मात्र

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने सबैले पाउने भएका छन् । कम्पनीको आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ।

कम्पनीमा सोमबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । यसरी, कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।

Read More
  • MBL - below news