शेयर बजारबाट उठ्ने लाभकर मंसिरमा २६२% बढ्यो, सबैभन्दा बढी अल्पकालीनले फाइदा गर्दा संस्थागत भने पुछारमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारबाट उठ्ने लाभकर मंसिरमा २६२% बढ्यो, सबैभन्दा बढी अल्पकालीनले फाइदा गर्दा संस्थागत भने पुछारमा

शेयर बजारबाट उठ्ने पूँजीगत लाभकर मंसिरमा २६२ प्रतिशत भन्दा बढी उठेको छ। गत कात्तिकमा उठेको लाभकरको तुलनामा उक्त प्रतिशतले बढी उठेको देखिएको हो।

मंसिरमा मात्रै सरकाले ३० करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ। जबकि कात्तिकमा भने जम्मा ८ करोड ४१ लाख मात्रै उठेको थियो। जुन कात्तिकको तुलनामा २६२.८१ प्रतिशत बढी हो।

मंसिरमा सबैभन्दा बढी अल्पकालीन लगानीकर्ताले बढी पूँजीगत लाभकर तिरे। उनीहरूले मंसिरमा मात्रै १४ करोड १४ लाख तिरेका छन्। कात्तिकमा भने उनीहरूले ४ करोड ६० लाख मात्रै तिरेका थिए। यसैगरी समूहगत रुपमा दोस्रो बढी लाभकर दीर्घकालीन लगानीकर्ताले तिरेका छन्। उनीहरूले ९ करोड २४ लाख तिरेका छन्। कात्तिकमा भने उनीहरूले २ करोड ६९ लाख मात्रै तिरेका थिए। लाभकर तिर्नेको सूचीको पुछारमा संस्थागत लगानीकर्ता छन्। उनीहरूले ७ करोड १४ लाख तिरेका छन्। कात्तिकमा उनीहरूको योगदान एक करोड ११ लाख रुपैयाँ रहेको थियो।

Read More
  • EBL Ad news