काठमाडौँ । यही वर्षको जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन विस्तारको सम्झौता भएको थियो । प्रधानमन्त्रीस्तरीय भ्रमणको समयमा अमलेखञ्जको पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने र सिलुगुढीदेखि चारआलीसम्म पाइपलाइन निर्माण गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुई देशका आयल निगम पाइपलाइन विस्तार गर्ने र दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माणमा जुटेका छन् ।






