महँगीकै बीच कसरी घट्यो मुद्रास्फीति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महँगीकै बीच कसरी घट्यो मुद्रास्फीति ?

काठमाडौं– पछिल्लो समय हरेक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढेको भन्दै सरकारको आलोचना भइरहेको छ । हरेक परिवारको भान्छा महँगिएपछि त्यसको आक्रोश सरकारमाथि पोखिने गरेको छ । तर, सरकारले भने एकै पटक महँगी नभएको तथ्यांक प्रस्तुत गरेको छ ।

गत साता अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आएको, मुद्रास्फीति केही नियन्त्रणमा आएको, बजारमा माग सिर्जना हुन लागेको बताएका थिए । यसको भोलिपल्ट केन्द्रीय बैंकले यो कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको देखाएको छ । एक महिनाअघि असोजमा मुद्रास्फीति ७.५० प्रतिशत थियो । बजारमा महँगी कायमै रहेको बेला एकै महिनामा मुद्रास्फीति २ प्रतिशत बिन्दुभन्दा तलले झरेपछि यो विवादमा आएको छ । सरकारले तथ्यांक तोडमोड गरेको हो कि भन्ने शंका पनि पैदा भएको छ ।

Read More
  • MBL - below news