काठमाडौं : नयाँ स्टक एक्सचेन्जको अनुमति (लाइसेन्स) खुलाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले सरकारलाई पत्र लेखेको छ । धितोपत्र बोर्डले आइतबार लाइसेन्स प्रक्रिया अघि बढाउन अनुरोध गर्दैसरकारलाई पत्र पठाएको हो । बोर्डले अर्थ मन्त्रालयमार्फत सरकारलाई पत्र पठाएको हो ।
यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन भन्दै संघीय संसद्को अर्थ समितिले आफूलाई लेखेको पत्रका आधारमा बोर्डले मन्त्रिपरिषद्लाई पत्र लेखेको बोर्ड अध्यक्ष रमेश हमालले नेपाली पैसालाई बताए । पत्रमा संघीय संसद्को अर्थ समितिले प्रक्रिया अघि बढाउनु भन्ने निर्देशन दिइसकेकाले अब मन्त्रिपरिषद्ले पनि बाटो खुला गरिदिनुपर्यो भन्ने अनुरोध गरिएको छ ।






