३८ खर्ब रेमिट्यान्स हरायो: जिफन्ट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३८ खर्ब रेमिट्यान्स हरायो: जिफन्ट

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । आ.व. २०७७/०७८ मा ४२.२४ प्रतिशत र आ.व. २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ ।

Read More
  • MBL - below news