तीन महिनापछि नेप्से परिसूचक २ हजार बिन्दु माथि आइपुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो। असोज १० गते यता २ हजार बिन्दु मुनि रहेको नेप्से त्यसयता पहिलो पटक २ हजार बिन्दु माथि उक्लिएको हो।
कारोबार रकम पनि साढे ५ महिना यतकै उच्च भएको छ। आइतबार बजारमा पाँच अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत असार १३ गते ५ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको थियो। आइतबार कारोबार भएको रकम त्यसयताकै उच्च हो।






