आर्थिक संकटपछि पहिलो पटक श्रीलंकाकाे अर्थतन्त्रमा सुधार, अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आर्थिक संकटपछि पहिलो पटक श्रीलंकाकाे अर्थतन्त्रमा सुधार, अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले वृद्धि

श्रीलंकामा आर्थिक सुधार भएको छ । दुई वर्षअघि आर्थिक संकटमा रहेकाे श्रीलंकाकाे आर्थिक वृद्धिदर अहिले सकारात्मक रहेकाे छ । 

दुई वर्षपछि पहिलो पटक मुलुकको आर्थिक अवस्थामा सुधार आएको हाे। श्रीलंकाका अधिकारीले वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् ।

आर्थिक मन्दीबाट बाहिरियाे श्रीलंका

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार श्रीलंकाको जीडीपी गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले वृद्धि भएको छ। श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले शनिबार यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको दोस्रो राष्ट्रिय त्रैमासिक विवरण अनुसार गत वर्षको पहिलो त्रैमासमा सुरु भएको मन्दीबाट अर्थतन्त्र हाल बाहिर आएको हो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताए । तेस्रो त्रैमासमा कृषि क्षेत्र ३ प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो त्रैमासमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैर कर अनुदान १३.६ प्रतिशतले बढेको थियो । वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको पनि बताएका छन् । 

Read More
  • MBL - below news