जनसेवा बचत तथा ऋण सहकारीको कारोबार करिब ८ करोड रुपैयाँ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनसेवा बचत तथा ऋण सहकारीको कारोबार करिब ८ करोड रुपैयाँ

खोटाङ । खोटाङको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार सात करोड ७६ लाख रुपैयाँ नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको कारोबार आर्थिक वर्ष २०७९-०८० मा सात करोड ७६ लाख १४ हजार २५३ रुपैयाँ पुगेको हो ।

शनिबार जालपामा सम्पन्न २७ औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ७८ लाख ९२ हजार ६९३ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । जनसेवा समाज नेपाल जालपाले आयोजना गरेको साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीको शेयर पुँजी एक करोड एक लाख ८१ हजार ८५० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । हाल पाँच करोड ६३ लाख ३६ हजार ६५६ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिबेदनमा उल्लेख छ ।

Read More
  • MBL - below news