भूतप्रभावी करको दबावमा बजार, नेप्सेमा उच्च उतारचढाव


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भूतप्रभावी करको दबावमा बजार, नेप्सेमा उच्च उतारचढाव

आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो ।

कारोबार सुरु भएको कैही मिनेटमा नै २ प्रतिशत भन्दा धेरै घटेको बजार पुनः फर्केन कोसिस गरेको थियो । कारोबार खुलेको ५ मिनेट भित्रमा नै नेप्से सूचक ४३ अंक अर्थात २ प्रतिशत झरेको थियो । आर्थिक ऐन २०८० बमोजिम केही सूचीकृत कम्पनीहरुले मर्जर र एफपीओको कर सम्बन्धी मुद्दा हारेपछि बजारमा त्यसको दबाव परेको हो ।

कारोबार खुल्ना साथ चर्को दबाव परेको सूचकमा विस्तारै समालिदै सकारात्मक भएकाे थियो । १० अंक जति सकारात्मक भएको सूचक पुनः नकारात्मक भएको छ । यो समाचार तयार पार्दाको समयमा नेप्से सुचक १० अंकले घटेको छ । यस अवधिमा एक अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

मर्जर र एफपीओ जारी गरेका कम्पनीहरुले करिब १३ अर्ब रुपैयाँ कर नेपाल सरकारलाई बुझाई सकेका छन् ।

Read More
  • EBL Ad news