हिमालयन रिइन्सुरेन्सको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन रिइन्सुरेन्सको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं : हिमालयन रिइन्सुरेन्सको आइपीओमा दोस्रो दिनसम्ममा २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज बिहीबार साँझ ५ः०८ बजेसम्ममा ७ लाख ३३ हजार ६६ जनाले १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले बुधबार (मंसिर २७ गतेबाट) सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । 

Read More
  • MBL - below news