‘महँगी घट्यो’- नेपाल राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘महँगी घट्यो’- नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

त्यस्तै, समिक्षा महिनामा खाद्य तथा पिय पदार्थको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर खाद्य तथा सेवा समुहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

Read More
  • MBL - below news