यस वर्ष बिटक्वाइनको मूल्यमा १४० प्रतिशतभन्दा बढी वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यस वर्ष बिटक्वाइनको मूल्यमा १४० प्रतिशतभन्दा बढी वृद्धि

एजेन्सी । विभिन्न उतार–चढाव र नकारात्मक समाचारहरूको बीचमा पनि बिटक्वाइनले सुन र शेयर बजार दुवैको प्रतिफलभन्दा पनि बढीले उछिनेको छ। यस वर्ष बिटक्वाइन १४० प्रतिशतभन्दा बढि बढेको छ । यो वृद्धि भविष्यमा पनि जारी रहने अपेक्षा गरिएको छ।

गत वर्षदेखि केही चीजहरू क्रिप्टो संसारको लागि सही भएका छैनन्। गत वर्ष क्रिप्टोकरेन्सीको क्र्यास, त्यसपछि एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई जालसाजी र धोखाधडीको आरोपमा जेल सजाय, त्यसपछि विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बिन्यान्सका संस्थापक चांगपाङ झाओलाई मनी लान्ड्रिङ विरोधी मुद्दामा दोषी ठहराइयो ।  झाओको राजीनामा यी सबै घटनाहरूले क्रिप्टो बजारलाई हल्लायो।

Read More
  • MBL - below news