काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बढेसँगै आजपनि सोनापुर मिनिरल्सको शेयर कारोबार सर्वाधिक बढेको छ । कम्पनीको १६ करोड चार लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको नौ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।






